हाम्रो नेपाल ! हामी नेपाली र हाम्रो कर्मठ् मात्रीभुमी नेपाल !             

            नेपालको झापा जिल्लामा अवस्थित गोल्धाप गा. बि. स. का होनहार युवाहरुले नेपालको परिवर्तनमा ठुलो सहयोग गरेका छन । नेपालको ठुला-ठुला परिबर्तित युद्धहरुमा नेपाल भुमीपुत्र गोल्धाप बासी युवाहरुले आफ्नो जिबनको  आहुती दिएका छन । गोल्धापबासी युवाहरुले आफ्नो प्रिस्टभुमीमा युवा ईतिहास रचेका छन । आम गोल्धाप बासी मानुभाबहरुमा होराइजन युवा परिवारको सदैब सदभाबपूर्ण सहयोग रहिरहने छ । धन्यबाद !

Nepali rastayag.mp3

"होराइजन युवा परिवार" गोल्धाप ७ /८ झापा नेपाल !
 सम्पूर्ण गोल्धाप बासी लगायत नेपाली जनताहरुमा शितलता प्रधान गर्दछौ । होराइजन युवा परिवार ।

 गोल्धाप गा. बि. स. झापा जिल्लाको पुर्बी दक्षिणको मध्य भागमा पर्छ र यस्को क्षेत्रफल करिव २१ बर्ग किलो मिटर रहेको छ । यो महेन्द्र राजमार्गको बिर्तामोड बजारबाट सिधै दक्षिण तिर १२ / १३ किलो मिटरमा अवस्थित छ ।यहाँ बाट सदरमुकाम पूर्व १२ / १३ किलो मिटर पर्दछ । पूर्वमा हल्दिबारी गाबिस र पूर्व दक्षिणमा जल्थल गाबिस, उत्तरमा गारामुनी गाबिस र पश्चिम उत्तरमा चक्चकी गाबिस र दक्षिण पश्चिममा राजगड गाबिस सिमा गाबिसहरु रहेको छ । गाबिसमा १ एउटा बजार छ, जुन बजार सातामा दुई पटक सोमबार र शुक्रबार लाग्छ । यस् गाबिसमा राइ, लिम्बु, तमाङ, गुरुङ, मगर, नेवार, छेत्री, बाहुन, सतार, राजबंशी, ठाकुर, चौधरी, शाह, दलित आदी जातीहरु बसोबास गर्छन र सबै भन्दा बडी राइ लिम्बु जातीको संख्या रहेको छ त्यस पछी छेत्री बाहुन को र अन्य उस्ताउतै संख्यामा रहेका छन । यस् गाबिसमा सरकारी बिद्यालयहरु ५ पाँच वटा छन १ वटा उच्च मा.बी., २ वटा नि.मा.बि. १ वटा प्रा.बि. १ वटा निम्न प्रा.बि. र निजी बिद्यालयहरु ४ वटा छन १ मा. बि., २ प्रा.बि. र १ निम्न प्रा.बि. छन । जम्मा निजी र सरकारी गरेर ९ वटा बिद्यालयहरु छन । क्षेत्रफलको हिसाबले यो गाबिस धेरै सानो छ । यहाँको मनिसहरुको पेशा  कृषि, बैदेशिक रोजगार र केही सरकारी गैरसरकारी पेशामानै निर्भर छन । बिशेष गरेर यहाँको मौसमी बाली धान, मक्कै, गहु, कोदो, आलु र मौसम अनुसारको सग सब्जी फलफुल र बेमौसमी बालीमा चिया खेती गरिन्छ ।           

 

This free website was made using Yola.

No HTML skills required. Build your website in minutes.

Go to www.yola.com and sign up today!

Make a free website with Yola